Latest
अर्को
Prev

आगामी तीन दिन देशभर भारी वर्षा हुने

सेयर गर्नुहोस


काठमाडौं १५ असार ।


जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेकाे छ ।


बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो ।


आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा पानीकाे वहाव बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो ।


‘तराईका लगभग सबै खोलाहरूमा बाढी आउने पूर्वानुमान गरेका थियौं, सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ, खोलाको वहाव वडेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’


मनसुन सुरु भएदेखि नै आफूहरूले प्रभावित हुने क्षेत्रहरूमा बसोबास गर्ने २० लाख नागरिकलाई एसएमएसमार्फत जानकारी गराइसकिएको बताउँदै जोशीले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको अवस्थामा सतर्क हुन आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist