जेठ ३० ।
मुग्लिन डुम्रे सडकखण्डमा ठूला हेभी सवारी साधनलाई आवतजावतमा लगाइएको प्रतिबन्ध साेमवार देखि हटेकाे छ ।
जिल्ला प्रशासन कर्यालय तनहुँले आइतबार एक सूचना जारी गर्दै यस अघि हेभी सवारी साधन सञ्चालन तथा साना र मझौला साधन चलाउन साँझ ७ देखि बिहान ५ बजेसम्म लगाएको प्रतिबन्ध हटाएको जनाएको छ ।
सहायक प्रजिअ काशीराम गैह्रेले जारी गरेको विज्ञप्तिमा अब मालबाहक र हेभी सवारीसाधन सञ्चालन गर्न पााइने उल्लेख गरिएकाे छ ।
उक्त खण्डकाे अवरोध हटे पनि यस अघि सडक खण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकृुवा सडक खण्डमा राती ११ः०० बजेदेखीबिहान ४ः०० बजेसम्म यातायात आवगमनमा भने रोक लगाइएको सहायक प्रजिअ गैह्रेले बताए ।