Latest
अर्को
Prev

दोस्रो नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनीलाई

सेयर गर्नुहोस

काठमाडौं ।


दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको छ ।
जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर प्राप्त गरेको हो । योसँगै लुम्बिनी एनपीएलको नयाँ विजेता बन्यो । पहिलो संस्करणको उपाधि भने जनकपुर बोल्ट्सले जितेको थियो ।


त्रिवि रंगशालामा शनिबार पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १९.१ ओभरमा ८५ रन जोडेको थियो । लुम्बिनीले जवाफीमा सानदार ब्याटिङ ग¥यो । जसमा, ओपनर दिनेश अधिकारीले पहिलो ओभर गर्न आएका सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीको बलिङमै चार छक्का प्रहार गर्नुभयो ।


पछिल्ला खेलमा जम्न नसकेका दिनेशले फाइनलमा लय समात्दै १३ बलमै ४२ रनको योगदान दिनुभयो । दिनेश ५९ स्कोरमा हेमन्त धामीको बलमा आउट हुनुभएको थियो । यसपछि कप्तान रोहितले १६ रन बनाएर आउट हुनुभयो भने निकोलास डिकवेल्लाले १४ रनमा नटआउट रहनुभयो । पहिलो विकेटका रुपमा सर्ट १४ रन बनाएर आउट हुनुभएको थियो ।
यसअघि सुुदूरपश्चिमले पहिलो ओभरमै विनोद भण्डारीको महत्वपूर्ण विकेट गुमाएदेखि नै दबाब खेप्नुपरेको थियो । विनोदलाई लुम्बिनीका बलर रुबेन ट्रम्पलमेनले आउट गर्नुभएको थियो । दुई अर्धशतक प्रहार गरेर सुदूरको मुख्य रनकर्ता बन्नुभएको विनोद फाइनलमा शून्यमै आउट हुनुभएको थियो ।


यसपछि ल्ुम्बिनीका कप्तान रोहितले ११औं ओभरमा सुदूरलाई ठूलो झट्का दिनुभयो । उहाँले ह्याट्रिक गर्दा सुदूरको उपाधि उचाल्ने सपना फेरि एकपटक चकनाचुर बन्ने निश्चित भएको थियो । गत संस्करणमा सुदूर फाइनलमा जनकपुरसँग हारेको पीडा थियो । तर, यसपटक पनि ब्याटिङ राम्रो हुन नसक्दा उहाँहरूका लागि पीडामाथि पीडा थपियो ।
रोहितले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन), दीपक बोहरा (०) र पुनीत मेहरा (०) लाई लगातार बलमा आउट गरेर ह्याट्रिक गर्नुभएको थियो । उहाँहरुले एकै ओभरमा तीन विकेट लिनुभएपछि सुदूर ४४÷३ बाट ४४÷६ को कमजोर स्थितिमा पुग्यो । यसपछि बाँकी ओभरमा मात्र ४१ रन जोड्न सकेको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist