Latest
अर्को
Prev

तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर छुटे रवि

सेयर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कैदमुक्त भएका छन्। शुक्रबार भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने कैदमुक्त भएका हुन्। 


लामिछाने अदालतमै उपस्थित भएर सो रकम बराबरको बैंक जमानत बुझाएर छुटेको अदालत प्रशासनले जनाएको छ। 


बिहीबार मात्रै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेको बिगो बापतको रकम बुझाएर बाहिर बसेरै पुर्पक्ष गर्न पाउनुपर्ने माग सदर गर्दै थुनामुक्त गर्ने आदेश गरेको थियो। 


जसमा सुप्रिम सहकारी ठगीमा मागदावी गरेको बिगो रकममध्ये २ करोड ७४ लाख ८४ हजार लामिछानेको हिस्सा थियो। यस्तै आदेशमै सुरु अदालतको पुर्पक्षका क्रममा भएको थप एक करोड धरौटी पनि स्वीकार गर्न अर्को सर्त राखेको थियो। 


जसअनुसार लामिछानेले तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाउनु परेको हो। 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist