Latest
अर्को
Prev

नेपाल प्रहरीको आइजिपीमा दानवहादुर कार्की नियुक्त

सेयर गर्नुहोस

पाेखरा २४ कातिक


नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् ।


वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले गत भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।


पहिलो नम्बरको वरीयतामा रहेका कार्कीलाई आइजीपीमा नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । २०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए ।


आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट  एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी साथै एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।


कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist