Latest
अर्को
Prev

कर्मचारी युनियन कास्कीमा अधिवेशनको सरगर्मी, अध्यक्षमा रेग्मीको चर्चा

सेयर गर्नुहोस

पोखरा, २२ साउन ।


नेपाल निजामती कर्मचारी युनियन कास्कीको नवौं जिल्ला अधिवेशन साउन २२ र २३ गते पोखरामा सम्पन्न हुँदै छ । अधिवेशनको तयारीमा युनियन कास्की तातेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अधिवेशनको मिति नजिकिदै गर्दा युनियन कास्कीको अबको नेतृत्व को भन्ने विषयमा समेत चर्चा सरु भएको छ ।


नेतृत्वका आकांक्षी मध्येका एक युनियनका गण्डकी प्रदेश कार्यसमितिका पूर्व सचिव विनोद रेग्मीको क्रियाशीलता निकै लोभलाग्दो देखिएको छ l स्याङ्जा पुतलीबजारका रेग्मी २०७० सालमा निजामति सेवा प्रवेश गरेका हुन् ।यस अघि म्याग्दी जिल्लावाट युनियनको केन्द्रिय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सह-सचिव र गण्डकी प्रदेश कार्यसमितिका सचिव समेत रहेर कुशल कार्यसम्पादन गरिसकेका रेग्मी कर्मचारी वर्गमा इमान्दार र अनुशासित छवि कारणले लोकप्रीय छन् ।


आजको समय सुहाउँदो ट्रेड युनियन आन्दोलनका लागी आवश्यक सबै गुणहरु भएको परिपक्क नेतृत्व रेग्मीमा रहेको अधिकांस युनियनमा आवद्ध कर्मचारीहरुको विश्लेषण रहेको छ । रेग्मीलाई अग्रज युनियनकर्मीहरुले समेत दरिलो साथ दिएका छन् l हाल व्यवसायिक सिप विकास तथा तालिम केन्द्र पोखरामा लेखा अधिकृत छैटौ पदमा सेवारत उमेदवारी सगै युनियन कास्कीमा युवा, अनुभवी, इमान्दार र अनुशासित नेतृत्व चयन हुनेमा विश्वस्त हुन सकिने आधारहरु देखिएका छन् ।


युनियन कास्कीको नेतृत्वमा उमेदवारीको तयारी संगै रेग्मीले आगमी ३ वर्षे कार्यकालका लागि बिभिन्न प्रतिबद्दताहरु समेत सार्वजनिक गरेका छन्।


ट्रेड युनियन आन्दोलन प्रति हाल देखिएको निराशाजनक अवस्थालाई आशा तथा उत्साह सहित पनार्जाग्रीत गरी नेपाल निजामति कर्मचारी युनियनलाई पेसागत हक,हित र सुरक्षाको लागी लड्ने भरपर्दो संस्थाको रुपमा बिकास गर्न अधिकतम प्रयास गर्ने तथा संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको विचमा विभेदरहित अन्तरसम्वन्ध कायम गर्दै समन्वय र सहकार्यको लागी पुलको रुपमा कार्य गर्ने उनले प्रतिबद्दता जनाएका छन् ।


त्यस्तै आम कर्मचारीहरुबीच भाईचारा अबिबृद्दी गर्दै ज्ञान,सिप,दक्षता र अनुभव साटासाट गर्ने वातावरणको सहजीकरण गर्ने र संघीय निजामति विधेयकमा सम्पूर्ण कर्मचारीको हित ट्रेड युनियन अधिकारको सुनिस्चितता गर्दै छिटो भन्दा छिटो संसदबाट पास गर्नको लागी रचानात्मक सहयोग गर्ने लगायतका उनका प्रतिबद्दताहरु छन् ।


एक जिम्मेवार नागरिक , रास्ट्रसेवक कर्मचारी र क्रियाशील युनियनकर्मी हुनुको नाताले मुलक र रास्ट्रप्रति समेत प्रतिबद्द हुनुपर्ने भन्दै रेग्मीले मुलुक र रास्त्रप्रती समेत आफ्ना प्रतिबद्दताहरु समेत प्रस्तुत गरेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist