Latest
अर्को
Prev

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा भण्डारी र महासचिवमा न्यौपाने निर्वाचित

सेयर गर्नुहोस

बाल्टिमोर अमेरिका । नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी पुनः सर्वसम्मत निर्वाचित भएका छन् । नेजाको लस भेगासमा सम्पन्न नवौं महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । 


महाधिवेशनबाट उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, सचिवमा शंकर बहादुर थापा र कोषाध्यक्षमा झरना अधिकारी निर्विरोध चयन भएका छन्। त्यस्तै, क्षेत्रीय संयोजकहरूमा शान्तिराज राई (उत्तर पूर्व), दिपक दाहाल (पश्चिम), ओम आचार्य (मध्य) र सृजना काफ्ले (डिसी मेट्रो) चयन भएका छन्। 


कार्यसमिति सदस्यहरूमा निवर्तमान उपाध्यक्ष सुजनपण्डित, निवर्तमान महासचिव बाबुराम दाहाल, डा. डोल्मालामा, यसोदा तिमल्सिना, राजकुमार तामाङ (गोले),  जानु पंगेनी, दिपेन्द्र खड्का, डिल्लीबहादुर राउत निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष गिरीश पोखरेलको संयोजकत्वमा रहेको चार सदस्यीय निर्वाचन समितिले निर्वाचन गराएको थियो । निर्वाचन समितिको सदस्यहरुमा मोहनसिङलामा, रामेश्वर भण्डारी र गोपाल गड्तौला रहेका थिए।


यसैबीच, नेजाले एनआरएनए र नेजाको सहकार्यमा २ जना पत्रकारहरु आङछिरिङ शेर्पा र किरण मरहट्ठालाई १, १ हजार डलर सहित पत्रकारितासम्मान प्रदान गरेको छ । शेर्पा नेजाका पुर्व अध्यक्ष, सल्लाहकार तथा एभरेष्ट टाइम्सन्युज डट कमका प्रधान सम्पादक हुन भने मरहट्ठा  नेजाका पुर्व महासचिव हुन् । नारायणपुरीको संयोजकत्वको ५ सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशमा पुरस्कार  प्रदान गरिएको नेजाले जनाएको छ  । समितिमा नेजाका पुर्व उपाध्यक्ष तथा सल्लाहारमच्छेदेवी गुरुङ, नेजाका कोषाध्यक्ष जानु पंगेनी, एनआरएनएका सदस्यहरु सरु शर्मा तथा रीतादेवी प्रधान थिए । 


त्यस्तै, नेजा सामुदायिक पत्रकारिता पुरस्कार खसोखासकाप्रधान सम्पादक किशोर पन्थी र हिमालय खबरडटकमका रामचन्द्र भट्टलाई संयुक्त रुपमा प्रदान गरिएको छ। पुरस्कारको राशी १ हजार डलर रहेको छ । अधिवेसनका नेपाल पत्रकारमहासंघका अध्यक्ष निर्मला शर्मा प्रमुख आतिथ्यतामा भएको थियो  । नेजाको पश्चिम क्षत्रिय संयोजक रोशन अधिकारीले नवौ अधिवेशनको कन्भेनरको भुमिका निभाएका थिए । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist