Latest
अर्को
Prev

नेपाल सुपर लिग (एनएसएल)- पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच उपाधी भिडन्त

सेयर गर्नुहोस

काठमाडौं । अन्तिम समयमा स्टेफन समीर बिनोङले गरेको गोल निर्णायक बन्दा धनगढी एफसीविरुद्ध १-० को जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।


पोखराले उपाधिका लागि साबिक विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ ।


त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा पोखरालाई जित दिलाउन बिनोङले इन्जुरी समयमा गोल गरेका थिए । उनले आयुश घलानको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।


रक्षक गौरव श्रेष्ठले ८३औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि पोखरा १० खेलाडीमा समेटिएको थियो ।


पहिलो क्वालिफायरमा धनगढी ललितपुर सिटी एफसीसँग २-१ ले पराजित भएको थियो । पोखराले भने इलिमिनेटरमा एफसी चितवनमाथि ३-० को सहज जित निकालेको थियो ।


फाईनल खेल आगामी सनिबार दशरथ रंगशालामा हुँदैछ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist