Latest
अर्को
Prev

जनसम्पर्क_समिति_नर्वेको अधिबेशन सम्पन्न , उपाध्यक्षमा पोखराका गणेश थापा बिजयी

सेयर गर्नुहोस

पोखरा १० बैशाख ।


नेपाली जनसम्पर्क समिति नर्वेको अधिवेशनवाट उपाध्यक्षमा पोखराका गणेश थापा निर्वाचित भएका छन् । अप्रिल २०, २०२५ मा भएको निर्वाचनबाट अध्यक्षमा परशमणि मिश्र बिजयी भएका छन् भने , चक्र बिक्रम शाही, रमेश घिमिरे, गोविन्द अधिकारी (गिरीराज अधिकारी) बिजयी भएका छन् ।


वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर शाही, महामन्त्री रमेश सुवेदी, सह महामन्त्री कृष्ण बहादुर खत्री, नरेश बस्कोटा, विनोद श्रेष्ठ, कोषाध्यक्ष निर्मला परियार र सदस्यहरू , घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा तिमिल्सिना, राघव चन्द्र अधिकारी, सुनिल बास्तोला सर्वसहमतिबाट चयन भएका छन् ।


अध्यक्ष पदमा परशमणि मिश्र र सालिग्राम अर्यालको प्रतिस्प्रधा रहेको थियो , जम्मा खसेको ४७९ मतमा परशमणि मिश्रले २८३ मत प्राप्त गरेका थिए भने सालिग्राम अर्यालले १८६ मत प्राप्त गरे । सभापतिको मतमा १० मत बदर भएको थियो । ४ जना उपसभापतिको प्रतिस्प्रधामा ७ जनाको प्रतिस्प्रधा रहेको थियो । क्रमश गणेश थापा को सर्वाधिकमत २६५ , चक्र बिक्रम शाही २६२ , रमेश घिमिरे, २२७ गोविन्द अधिकारी (गिरीराज अधिकारी)२२०, इन्द्र कुमार थापा २१०, सुनिल ढुंगाना १९५, रोशन अधिकारी १७० मत प्राप्त गरेका थिए । उपसभापतिको मतमा ११ मत वदर भएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist