Latest
अर्को
Prev

सामूहिक बलात्कारको आरोपमा सातजना पक्राउ

सेयर गर्नुहोस

हेटौंडाकी एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मकवानपुर प्रहरीले ७ किशोरलाई नियन्त्रणमा लिएको छ ।गत माघ ६ गते बिहान हेटौंडा-२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको अधारमा ७ जना पक्राउ परेका हुन् ।


माघ ६ गतेको घटना भनिए पनि अन्दाजी १८ वर्षीया किशोरीले फागुन २१ गतेमात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् ।


किशोरीकै जाहेरीको आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । ‘माघ ६ गते वनस्खण्डी मन्दिर माथि जंगलमा आफूलाई जबरजस्ती करणी भएको भन्दै एक किशोरीले दिएको जाहेरीको आधारमा हामीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं,’ उनले भने, ‘जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा यही २२ गते हेटौंडाको विभिन्न स्थानबाट ५ जनालाई र २३ गते थप २ जनालाई नियन्त्रणमा लिएका हौं ।’ पक्राउ परेका सबै १८ वर्ष मुनिका किशोरहरु रहेकोले उनीहरुको नामथर, ठेगाना सार्वजनिक नगरिएको प्रहरीले बताएको छ ।


अनुसन्धानका लागि थप किशोरहरुलाई नियन्त्रणमा लिनुपर्ने भएकोले ७ जना पक्राउ परेपछि शनिबार मात्र यस विषयलाई सार्वजनिक गरिएको प्रवक्ता अर्यालले बताए ।


आरोपित किशोरहरुलाई जिल्ला अदालत मकवानपुरबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


बनस्खण्डीको जंगलमा १७ जना युवाले एक किशोरीलाई जबरजस्ती गरेको भन्दै सामाजिक सञ्जालहरुमा समेत केही दिनदेखि यो विषय आइरहेको थियो ।घटनाको भिडियोसमेत सार्वजनिक भएपछि मात्रै किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ । यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्यालले बताए । ‘घटनाको विषयमा नियन्त्रणमा लिइएकाहरुसँग बयान लिन सुरु गरेका छौं ।


बयानपछि मात्रै कतिजना संलग्न थिए भन्ने थाहा हुनेछ । अरु पनि संलग्न हुन सक्छन् भन्ने कुरा आइरहेको छ’, उनले भने ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका किशोर र जोहरी दिएकी किशोरी दुवै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । किशोरी स्नातक र किशोरहरु दस जोड दुईको विद्यार्थी रहेको बुझिएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist