Latest
अर्को
Prev

बादल भन्छन्: एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अस्थिरतावादी हुन्

सेयर गर्नुहोस

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दल कसैले पनि मुलुकको अवस्था बदल्न नसक्ने बताएका छन् ।


एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले एमाले मात्रै क्रान्तिकारी पार्टी भएको र एमालेको नेतृत्वमा मात्रै मुलुकका तमाम समस्याको समाधान सम्भव हुने बताए ।


‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी हो ? उसको इतिहासले देखाउँदैन । नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन,’ बादलले भने, ‘यी सबै पार्टी अस्थिरतावादी, अवसरवादी हुन् । यिनले नेपालको अवस्था बदल्न सक्दैनन् । नेपालमा समाजवाद स्थापना गर्न सक्दैनन् ।’


राजावादी, सामान्तवादी विचार बोक्ने र नयाँ भनेर खुलेका पार्टीले पनि अहिलेको अवस्थालाई बदल्न नसक्ने जिकिर गर्दै उनले एमालेले मात्र क्रान्तिकारी पार्टी भएको बताए ।‘यिनीहरूले मुलुकको आर्थिक असमानता, गरिबी र समृद्धबीचको खाडल पुर्न सक्छन् ? सक्दैनन्,’ उनले भने, ‘एमालेको नेतृत्वमा मात्र यो सम्भव छ ।’ उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist