Latest
अर्को
Prev

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

सेयर गर्नुहोस

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या गरेको आरोपमा वीरगञ्जबाट तीन जना पक्राउ परेका छन्।


पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ का १९ वर्षीयका मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन्।


गत आइतबार उदयपुर घुर्मी टोलका १९ वर्षका इशालप्रसाद कुर्मीको शव वीरगञ्ज महानगरपालिका-२८ स्थित भेडाहा खोलामा फेला परेको थियो।


गत फाल्गुन ७ गते वीरगञ्ज काम गर्न जान्छु भनि घरबाट निस्केका कुर्मी घर नफर्केपछि उनका अभिभावकले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएका थिए।


खोजतलासको क्रममा खोलामा कुर्मीको शव भेटिएपछि अनुसन्धान हुँदा घरबाट निस्केकै दिन छिमेकी साथीहरूसहित तास खेल्दा उनको वादविवाद भएको खुलेको पर्सा प्रहरीले जनाएको छ।


विवादकै क्रममा पक्राउ परेका मुकेश,अरुण र मुन्ना मिलेर सापटी रकम फिर्ता नदिने मनसायका साथ कुर्मीको हत्या गरेर भेडाहा खोलामा फालेको पर्साका प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए।


पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी कसुरमा ६ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको भट्टले बताए।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist