Latest
अर्को
Prev

अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

सेयर गर्नुहोस

विष सेवन गरेर अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ।


उनी सोमबार काठमाडौँको कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए। अचेत भेटिएका उनलाई उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।


थापाको केही दिनअघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाइदिने भन्दै १० लाख बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले विषय सेवन गरेको बताइएको छ।


जिल्ला प्रहरी परिरसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले सुसाइड नोट लेखेर उनले विष सेवन गरेको दिएको बताए। उनले सुसाइड नोटमा आर्थिक कारोबारको बारेमा लेखिएको जानकारी दिए।


बोहोराकाअनुसार थापाकाे शवलाई पोष्टमार्टम गरिँदै छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist