Latest
अर्को
Prev

ओलीजस्तो मेहनति मान्छे संसारमै छैनन् : प्रथम महिला शाक्य

सेयर गर्नुहोस

लेखक तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय रूपमा खट्ने मान्छेका बारेमा अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दु:ख लाग्ने बताएकी छन्। उनले होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् । ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गरेको आफूले पनि सुनेको भन्दै उनले भनिन्, ‘मलाई भन्न मन लागेको छ। हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहेका थिए। उहाँ कोठामा आउँदा साढे चार बज्यो, सायद सुत्दा बिहान पाँच बजेको थियो होला। उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?’


उनले ओलीजस्तो मेहनति मान्छे संसारमै नभएको बताइन् । ‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैनन् होला। उहाँको जीवनको आधाआधी समय  एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि ! मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ,’ उनले भनिन्। 


आफूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको उनले बताइन्। अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दु:खेसो पोखेकी छन्। ‘हाम्रो जीवनशैली समान्य नै हो। दु:खी, गरिब र असहायहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। जीवनका एक–एक हिसाब बुुझाउन म तयार छुु। बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो ,’ शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहजरूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौं।’


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist