प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमाले नेता तथा गायक कोमलवलीको होटेल उद्घाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६, टरीगाउँमा ओलीले सञ्चालन गरेको कोमल होटल एन्ड रिसोर्टको ओलीले उद्घाटन गरेका हुन् ।
विभिन्न साँस्कृतिक कार्यक्रमका साथ होटेल उद्घाटन गरिएको थियो । होटेल सञ्चालक ओली राष्ट्रिय सभाकी पूर्व सदस्य हुन् । उनी हाल एमाले केन्द्रीय सदस्य छिन् ।
२०७९ को संघीय निर्वाचनमा उनी दाङ-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकी थिइन् । निर्वाचनमा कांग्रेसका दीपक गिरीसँग पराजित भएकी थिइन् । त्यसपछि उनले तुलसीपुरमै होटेल खोलेर दाङको बसाए बढाएकी छिन् ।