Latest
अर्को
Prev

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

सेयर गर्नुहोस

भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ । मृतक ५ जना महोत्तरी जिल्लाको रहेको नेपाल प्रहरीले जनाएको छ ।


कुम्भ मेलाबाट ९ जना नेपाली बोकेर फर्किरहेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको छ ।


नेपाली प्रहरी मधेशका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार गाडी दुर्घटनाग्रस्त भएलगत्तै ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा एकजान ट्राफिक प्रहरी पनि घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ३० वर्षका मनोहर ठाकुर ट्राफिक प्रहरी हुन् । दुर्घटनामा उनकै परिवारका धेरैजना हताहती भएका छन् ।


‘हाम्रो प्रहरी पनि दुर्घटनामा परेपछि विहार प्रहरीबाट घटनाबारे जानकारी भयो,’ डीआईजी आचार्यले भने,‘घटनाका बारेमा बुझ्दै छौं । ठूलो क्षति भएको रहेछ ।’ बिहारको सहर मुज्फरपुरमा आइतबार अबेर साँझ नेपाली तीर्थ यात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीको डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन । चालकको नाम खुलेको छैन । तर, चालक सिरहाको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


दुर्घटनामा गम्भीर घाइते हुनेमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, जगतारण देवी छन् । घाइतेहरुको बिहारको मुज्जफरपुरस्थित श्रीकृष्ण मेडिकल कलेज (एसकेएमसीएच)मा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist