Latest
अर्को
Prev

बसको ढोकाबाट खसेर महिलाको मृत्यु

सेयर गर्नुहोस

गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् ।


उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।


गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो ।


सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन् ।चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist