Latest
अर्को
Prev

कास्की हिरासतमा रविको तस्वीर खिच्ने भुसाल फेरि पक्राउ

सेयर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् ।


यसअघि, कास्की अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेकामा अनुसन्धान सकिँदा पुनः पक्राउ गर्नुपर्ने अवस्था आएको कास्की प्रहरीले बताएको छ ।


पुस ७ गते पक्राउ गरी भोलिपल्टैपोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा अदालतले थुनामा नपठाइकन अनुसन्धान गर्न भनेको थियो । फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरेको उनले बताएका थिए ।


न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिँदा तत्काल छुटेका भुसाल त्यतिबेलाकै साइबर अपराधको अभियोगमा फेरि समातिएका हुन् ।


अहिले प्रहरीले अनुसन्धानका क्रममा प्रमाण भेटाएपछि पक्राउ गरिएको र भुसाललाई आज अदालतमा पेश गरिने प्रहरी बताउँछ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist