Latest
अर्को
Prev

रवि लामिछानेको थुनछेक बहस लम्बिँदै, नसकिए आज पनि हिरासतमा

सेयर गर्नुहोस

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना देखिएको छ ।


न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस जारी छ । सरकारी वकिलका तर्फबाट गरिने बहस सकिएपछि जाहेरवाला पक्षका कानून व्यवसायी बहस गरिरहेका छन् । यो समाचार सम्प्रेषण भएको समयमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् ।


यसपछि जाहेरवालाकै तर्फबाट अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र त्यसपछि स्वागत नेपाललगायतले बहस गर्न बाँकी छ । जाहेरवालाका तर्फबाट वकालतनामा पेश गर्ने कानुन व्यवसायीको संख्या बढिरहेको छ ।


जिल्ला अदालतस्रोतका अनुसार कार्यालय समयभित्र मात्रै बहस गराइने र नसकिए बुधबारमात्रै गराइने तयारी छ । लामिछानेको तर्फबाट बहस गर्न पुगेका पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले न्यायाधीश अधिकारीसँग आफ्नो पालोबारे सोधे ।


न्यायाधीशले ‘नआत्तिनुस्’ मात्रै भने । रास्वपा अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतको राम्रो नियत नरहेको शंका व्यक्त गरे । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘आज त नसकिएला, पर्सि पनि कसो कसो गरेर लम्ब्याउने बुझिन्छ ।’


भोलि मंगलबार माघे संक्रान्तिको अवसरमा सरकारी बिदा दिइएको कारण अदालत खुल्दैन । यदि बहस नसकिएर रवि न्यायीक हिरासतमा राखिए भने बुधबारसम्म उनले फेरि त्यहीँ बस्नुपर्छ ।


विहान इजलास बस्नुअघि दुई घण्टामा बहस सिध्याउन न्यायाधीश अधिकारीले कानुन व्यवसायीहरुलाई आग्रह गरेका थिए । तर, त्यति समयमा सरकारी वकिलकै बहस सकिएन ।


दिउँसो २ बजे खाजा समयपछि यति बेलासम्ममा एकजनाले मात्रै बहस गरिरहेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist