Latest
अर्को
Prev

बालकको आँखा फुटाउने शिक्षक विरुद्ध मुद्दा दायर

सेयर गर्नुहोस

नवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रतापपुर गाउँपालिका– १ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षक सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको थियो ।  मुद्दा दायर भएपछि शिक्षक चाैधरी फरार छिन् ।


पक्राउ पुर्जी लिएर फरार चाैधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए । घटना १८ मंसिरको भए पनि हालैमात्र सार्वजनिक भएको हो ।


चौधरीविरुद्ध ‘कुटपिट अङ्गभङ्ग’ अभियोगमा मुद्दा चलाइएको छ । विद्यालयमा दुई जना बालकले झगडा गरेको भन्दै शिक्षक चाैधरीले प्लास्टिकको लाठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्रप्रसाद चौधरीले बताए । 


‘चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन् । छोराको जीवन नै बर्वाद हुने भयो’, चौधरीले भने । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पतालहुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो ।


सुरुमा विद्यालयले उपचारमा लागेको रकम दिए पनि मुद्दा प्रक्रिया अघि बढेपछि दिन छाडेको पीडित परिवारको भनाइ छ । बालकको अहिले सिविन नेपालको पहलमा उपचार भइरहेको छ । पाठशालाका प्रिन्सिपल सुजितकुमार गुप्ताले घटना दुःखद भएको बताए । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist