Latest
अर्को
Prev

आज रवि लामिछाने काठमाडौँ अदालतमा उपस्थित हुँदै

सेयर गर्नुहोस

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदैछन् । 


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।


त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिएपनि समय अभावका कारण उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर हुन सकेनन् । जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौँ आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।


‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिदै भनिन् ।


थप रूपमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।


उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist