Latest
अर्को
Prev

चौथो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मीलाई

सेयर गर्नुहोस

चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन् ।


तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाले शनिबार सम्पन्न गरेको म्याराथन प्रतियोगिताको ४२ दशमलव २ किलोमिटर दूरी २ घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गर्दै श्रेष्ठले उपाधि जितेका हुन् । यस्तै, उक्त दूरी २ घण्टा ५९ मिनेट ३६ सेकेण्डमा पार गर्दै आर्मी क्लबकै राजेन मेन्योङ्बो द्वितीय भएका छन् भने आर्मीकै जुनेश खड्काले २ घण्टा ५९ मिनेट ५९ सेकेण्डमा उक्त दूरी पार गर्दै तृत्तीय हुन सफल भए । प्रतियोगितामा ३२ धावक सहभागी थिए ।


ऋषिङ गाउँपालिकाको प्रवेशद्वार वडा नं. ८ को धारुङदेखि वडा नं. ३ को दुबुङ भ्यूटावरसम्म गरिएको प्रतियोगिताको प्रथमलाई ६५ हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।


यस्तै, प्रतियोगितामा सहभागी स्थानीय धावकहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले अन्तिम विन्दुसम्म पुग्ने प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।


गत वर्ष आयोजित तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका गोविन्द कार्कीले जितेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय, तिलकबहादुर सुनुवार तृतीय र काठमाडौंका करण रावल चौथो भएका थिए ।


गाउँपालिकाको विकाससँगै खेलकुदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले अल्ट्रा म्याराथन प्रतियोगिता गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist