तनहुँमा एक व्यक्तिले अचानो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनारले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्वतीको मृत्यु भएको हो ।
प्रहरीले दिलबहादुरलाई नियन्त्रण लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।