Latest
अर्को
Prev

रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट

सेयर गर्नुहोस

रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ ।


स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो । 


आगलागीले स्थानीय रामनाथ पासवान, बालुलाल पासवान, रामइश्वर पासवान, नागेन्द्र पासवान, दीपेन्द्र पासवान, विजय पासवान र रामस्वर्गीय पासवानको घर जलेर खरानी भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र रायले जानकारी दिनुभयो ।


उहाँकाअनुसार आगलागीले घरसँगै लत्ताकपडा, गरगहना, खाद्यान्नलगायत १० लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जगरनाथको घरमा विद्युत सट् हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान छ ।


सुरक्षाकर्मी, स्थानीय र गौर नगरपालिकाबाट पुगेको वारुण यन्त्रको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिए पनि धनमाल भने पूर्ण क्षति भएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मुन्न यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार जाडो याममा आगलागी हुँदा दलित परिवारको बिचल्ली भएको छ । खान, बस्न र लगाउने कपडाको अभावले उनीहरुको दैनिकी कठिन बनेको छ ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist