सहकारी ठगी प्रकरणकाे आराेपमा लामो समयदेखि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ ।
रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे । त्यहाँबाट वीरगञ्ज लग्न प्रहरीलाई हम्मेहम्मे पर्यो । जसोतसो भीड छिचोलेर प्रहरीले रविलाई वीरगञ्ज पु¥याएको हो ।
अहिले रविलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी कार्यालयमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् । उनको ब्लड प्रेसर १६०/११० देखाएको छ ।
रविलाई आराम गर्न र बढी चिन्ता नगर्न चिकित्सकले सुझाएको स्रोतले जनायो । सहकारी ठगी प्रकरणमा उनीसँग सरकारी वकिलको कार्यालयमा भोलिमात्र बयान लिइने बुझिएको छ ।