Latest
अर्को
Prev

चलचित्र उद्योगलाई पर्यटनसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह

सेयर गर्नुहोस

काठमाडौं , १२ मंसिर २०८१ बुधवार  । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन् । 


चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले ठूला ठूला विषयबस्तु भन्दा गाँउसमाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा , संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए ।


राष्ट्रपति पौडेलले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे । राष्ट्रपतिले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ लाग्न पनि आग्रह गरे । 


साे क्रममा राष्ट्रपति पाैडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजार सहित प्रमाणपत्र  प्रदान गरेका थिए भने चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण  गरिएकाे थियाे ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist