Latest
अर्को
Prev

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा

सेयर गर्नुहोस

पोखरा महानगरपालिका वडा नं १२ वासीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएमा निःशुल्क पारिवारिक स्वास्थ्य बिमाको सुविधा पाउने भएका छन् ।


वडा कार्यालयले सामुदायिक विद्यालयमा छोरछोरी पढाइरहेकाहरुको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा शुरु गरेको छ ।


सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।


वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुवै निःशुल्क हुनेछ ।


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने प्रयास गरिरहेको उनले स्पष्ट पारे ।


शुरुआती चरणमा वडामा स्थायी बसोबास भएका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने वडाध्यक्ष बास्तोलाको भनाइ छ ।


पोखरा-१२ मा अमरसिंह माध्यमिक विद्यालय, शीतलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय छन् । यी विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी अध्ययनत छन् ।


उनले भने, ‘यो योजनाले सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्नुका साथै वडावासीको स्वास्थ्यमा पहुँच समेत बढ्ने विश्वास छ ।’


बिमा कार्यक्रमका लागि यस वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


स्वास्थ्य बिमा कार्यक्रममा वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार सुविधा पाउनेछन् ।


वडा सचिव शारदा सापकोटाका अनुसार बिमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको छ ।


यसैबीच वडाले सामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रमुमेत लागु गरेको छ ।


कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागु गरिएको बताइन्छ ।


साथै निजी विद्यालयमा पनि संस्कार शिक्षा लागु गर्न गृहकार्य भइरहेको वडाध्यक्ष बास्तोलाले बताए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist