Latest
अर्को
Prev

चिसो बढेसँगै डेंगु संक्रमणदर ओरालो लाग्यो

सेयर गर्नुहोस

मनसुन अवधि सकिएर चिसो मौसम सुरु भएयता नेपालमा डेंगु संक्रमणदर घट्दै जान थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमणदर घट्दै गएको बताए । दाहालका अनुसार डेंगु संक्रमणदरको ४५औं साता चलिरहेको छ । नेपालमा ४२औं सातादेखि डेंगु संक्रमणदर ओरालो लाग्नेक्रम सुरु भएको उनले जानकारी दिए । नेपालमा पछिल्ला ३ वर्षमा डेंगु संक्रमणदर १२ महिना नै देखिन थालेको छ । डेंगु संक्रमण ओरालो लागे पनि संक्रमणदर शून्यमा झर्छ या झर्दैन त्यो भने अहिले नै भन्न सकिने अवस्था भने छैन ।


इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ४२औं सातामा मात्रै २ हजार ५ सय ८२, ४३औं सातामा २ हजार २ सय ४, ४४औं सातामा १ हजार ७१ र ४५औं साता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको छ । महाशाखाका अनुसार चिसो बढे पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ ।


अहिलेसम्म २९ हजार १ सय ५८ मा संक्रमण भएको र हालसम्म १२ जनाको निधन भएको कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले जानकारी दिए । उनका अनुसार डेंगु संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । यस वर्ष सबैभन्दा बढी कास्कीमा ७ हजार २ सय २४ जनामा डेंगु संक्रमण देखिएको छ । उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेंगु संक्रमण देखिएको छ । काठमाडौंमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेंगु संक्रमण देखिएको हो ।


यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमणदर २ हजार ८ सय ५ जनामा देखिएको थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist