ऋषिङ्ग गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आज कार्तिक २१ बाट सुरु भएको उक्त तालिम ऋषिङ्ग गाउँपालिकाको आयोजना र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको प्रतिविधिक सहयोगमा सुचारु भएको हो ।
तालिममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लयायत सबै कार्यपालिका सदस्य, शाखा प्रमुख, ८ वटै वडाका वडा सचिव एवं सबै प्रविधिक कर्मचारी (ईन्जिनियर, सब-ईन्जिनियर, असिस्टेन्ट सब- ईन्जिनियर) हरू सहभागी छन् ।
उक्त प्रशिक्षण कार्यक्रममा गाउँपालिकामा निर्वाचित हुनुभएका जनप्रतिनिधि एवं कर्मचारी सबैलाई अत्यावश्यक खरिद, राजश्व प्रशासन र स्थानीय सेवा प्रवाह जस्ता विषय समावेश गरिएको गाउँपालिकाका सूचना अधिकारी श्री सौगात तिमिल्सिनाले जानकारी दिनुभयो ।