काठमाडौं । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको नियमित जुम बैठक मंगलबार सम्पन्न भएको छ । २१ औं जुम वैठकमा नेपाल खानेपानी संस्थानको कार्यक्षेत्र पुर्व भद्रपुरदेखि पश्चिम महेन्द्रनगर शाखाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा पोखरामा बसेको बैठक महासचिव पदमहरि राईले विराटनगरबाट सञ्चालन गरेका थिए । जुम बैठकमा स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष राजु वस्नेत भद्रपुरबाट संस्थानलाई कमजोर बनाउने सवै समुहलाई खवरदारी गर्न ढिलो भएको उल्लेख गरेका थिए । बस्नेतले केन्द्रीय कार्यालयमा हुने गरेको अनियमिततालाई भण्डाफोर गर्न संघले अगुवाई गर्नु पर्ने बताएका थिए ।
स्वार्थ पुरा गराउन पुरानो विनियमावली टेकेर व्यवस्थापनले काम गरिरहेको बताउँदै काम गर्ने आम कर्मचारीको हितको लागि अन्तिम लडाई लड्नु पर्ने वेला आएको उल्लेख गरेका थिए । संघका उपाध्यक्ष सरजुन केसी नेपालगञ्जबाट धारणा राख्दै संघको गतिविधिलाई बढवा दिन नयाँ कार्यक्रम सार्वजनिक गर्न वैठकमा आग्रह गरेका थिए । संघका सचिव अजयकुमार प्रसादले कर्मचारी संघले कर्मचारी सेवा शर्त विनियमावली माथि भएको राजनीतिलाई बन्द गराउन संस्थानमा क्रियाशील अन्य युनियनसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिएका थिए । वैठकमा केन्द्रीय समितिका सचिव सुरेन्द्रकुमार पाण्डेय कलैया, केन्द्रीय सदस्य प्रेम वली नेपालगञ्ज, नवराज भट्ट महेन्द्रनगर, हरि अधिकारी र अनुभा अर्याल विराटनगर, अनिल शर्मा सुवेदी पोखरा, दयाराम सापकोटा भैरहवा, विरेन्द्रकुमार सिंह मलंगवा लगायतले शाखा केन्द्रीत संघर्षका कार्यक्रम गर्न सक्नु पर्नेमा जोड दिएका थिए । जुम वैठकमा कोषाध्यक्ष शान्तिकुमारी ज्ञवाली, गणेश साह, राजेश वर्मा, विनिता श्रेष्ठ, रोशन पोख्रेल, तारीप्रसाद भट्टराई, इन्द्रराज पाण्डे लगायतले शुभकामना दिएका थिए ।
वैठकमा सल्लाहकार महेशराज भट्टराईले फलानो मान्छे हुँदामात्र काम गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने बताउँदै संघले अगुवाई गरेर सवैलाई साथ लिएर अघि बढ्ने दिन आएको बताए । संघको वर्तमान नेतृत्वले विनियमावली ल्याउन नसक्दा संस्थान कमजोर भएको बताउँदै बेलैमा सोच्नु पर्ने समय आएको उल्लेख गरे । सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समितिका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले व्यवस्थापन लाचारी हुँदा संस्थान बन्धक भएको बताएका थिए ।
वैठकमा संघका सल्लाहकार विष्णुप्रसाद रेग्मीले दिपावली, छठ तथा नेपाल सम्वत लगायत पर्वको शुभकामना व्यक्त गर्दै इतिहास वोकेको संघले संस्थानको बृहत्तर हितमा थप क्रियाशील भएर अगुवाई गर्न आग्रह गरेका थिए । वैठकमा संघका अध्यक्ष केदार धमलाले सवै शाखा कार्यालयमा गठित कर्मचारी संघ इकाई समितिले विजयादशमी, दिपावली, छठ, इद तथा नेपाल सम्वत लगायत चाड पर्वको पावन अवसरमा चियापान कार्यक्रम गरेर उर्जा संकलन गर्न आग्रह गरेका थिए । अध्यक्ष धमलाले केन्द्रीय कार्यालयबाट हुने अनियमितताको घोर भत्र्सना गर्दै कर्मचारीमाथि हुने विभेद अन्त्य गर्न आग्रह गरेका थिए । वैठकमा संघका उपाध्यक्ष सुधिरकुमार सिंह जनकपुर शाखाबाट उमेर हदले अनिवार्य अवकाश भएकोमा दीर्घ जीवनको कामना गर्दै थप क्रियाशील बन्न आग्रह गरिएको थियो ।