Latest
अर्को
Prev

चाडवाडको नजिक १६ लाखको पटाका बरामद

सेयर गर्नुहोस

चाडबाड नजिकिने क्रमसँगै सीमा क्षेत्रबाट भारी मात्रामा पटाका बरामद हुन थालेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता वाहिनी मुख्यालयले शुक्रबारसम्म ८ वटै जिल्लाको सीमा नाकाबाट करिब १३ लाख मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको छ । 


यसैबिच महोत्तरी प्रहरीले पनि ३ लाख बढीको पटाका बरामद गरेको जनाएको छ । नजिकिँदै गएको तिहार, छठ तथा सामा चकेवा पर्वलाई लक्षित गरी सीमा क्षेत्रबाट पटाकाको ओसारपसार बढेको घटनाक्रमले देखाएका छन् । 


बर्दिबासस्थित सशस्त्र प्रहरीबल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीका अनुसार मधेश प्रदेशको सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाबाट कात्तिक दोस्रो सातासम्म १२ लाख ७० हजार मूल्य बराबरका पटाका बरामद भएका छन् । त्यस्तै महोत्तरीको समसी ६ चाँदनी चोक र शङ्कर मन्दिर नाकाबाट २ पटकमा गरी  १ लाख ९ हजार, ५८० रुपियाँ बराबरका पटाका नियन्त्रणमा लिइएको जनाइएको छ । धनुषाबाट के कति पटाका बरामद भए खुलाइएको छैन । 


पक्राउ परेकामध्ये सबैभन्दाबढी नागिन पटाका रहेको जनाइएको छ । त्यस्तै मिनि बुलेट, नगिना रकेट, बुलेट बम, ग्राउन्ड चक्कर, मुर्गा छाप पटाका, सुपर हनुमान बम, आलु बम, राकेट बम, खुर्सानी पटाका, मुर्गा रकेट, झिरझिरे, चक्कर फूलझरी, चुटपटी, सुतली बम, फलावर बम लगायत पटकैपिच्छे अनौठा नाम र प्रकारका पटाका बरामद भएका छन् । 


महोत्तरी प्रहरीले पनि जलेश्वर, मटिहानी, ईटरवाकट्टी जस्ता सीमानाकाहरुबाट ३ लाख ५० हजार मूल्यका पटाका बरामद गरेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist