प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा लगाउन सरकार लागि पर्ने बताएका छन्। युवासंघ नेपालले आइतबार आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास,सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने,एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।”
ओलीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्नेमा जोड दिँदै दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा जानु पर्ने बताए। सरकारले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने ओलीले बताए।