Latest
अर्को
Prev

तल्लो बिरौटा टोल बिकास संस्थाको साधारण सभा सम्पन्न

सेयर गर्नुहोस


पोखरा ११ कात्तिक


     तल्लो बिरौटा टोल बिकास संस्थाको  पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन तथा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष फर्स बहादुर कुँवरको अध्यक्षतामा शनिवार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।  कार्यक्रममा पोखरा महानगरपालिका  वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीको प्रमुख आतिथ्यतामा  भएको थियो । कार्यक्रममा प्रमूख अतिथि शाहीले छोटो समयमा तल्लो बिरौटा टोलबिकास संस्थाले वडास्तरमै नमूना बाटो र नवनिर्मित भवन उद्घाटन गरेकोमा संस्थालाइ धन्यवाद दिनुभयो  ।


सम्पूर्ण टोलबासीको ऐक्यवद्धताले सार्वजनिक विकास निर्माणका काममा विवाद रहित तवरबाट गर्न संस्थाको नेतृत्वले गर्न सफल भएको कुरा खुलेर प्रसंशा गर्दै प्रमूख अतिथि शाहिले संस्थाले गर्ने विकास निर्माणका काममा वडा कार्यालय सधैं सहयोगी रहने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । छिमेकीटोल विकास संस्थाहरुले पनि तल्लो बिरौटा टोल विकास संस्थाले निर्माण गरेको बहुउद्देश्यीय भवन उपयोग गर्न सकिने गरी निर्माण गर्नु भएकोमा धन्यवाद दिदै थप पूर्वाधार निर्माणका लागि सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।


त्यसैगरी कार्यक्रममा पोखरा म.न.पा. वडा नं वडा सदस्य  शिवराम भण्डारी,  विक्रम गुरुङ,  बिष्णु देवी थापा र  तारा परियार  उपस्थिथी रहेको थियो  । प्रमुख अतिथि एवं विशेष अतिथिहरुले समग्र विरौटा बासीहरुले प्रयोग गर्न सक्ने खालको संस्थाका नाउँमा जग्गा खरिद गरी वृहत जनसहभागिताबाट सुविधासम्पन्न बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन वनाउन टोल विकास संस्थाको  २१ लाख ९० हजार  चौरासी रुपैया र जनसहभागिताबाट  ९ लाख २६ हजार  ९ सय सोह्र  गरि  जम्मा  ३१ लाख १७ हजार मा भवन निर्माण समितिका अध्यक्ष  ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतामा निर्माण गरेका थिए  ।


  संस्थाका अध्यक्षले अब आउँदो वर्षदेखि हरेक कार्यक्रम आफ्नै भवन परिसरमा गर्न पाउँदा खुशी रहेको र सबै टोलबासीको जनसहभागिता तथा जनप्रतिनिधिहरुको विशेष सहयोगबाट मात्र त्यो कुरा सम्भव भएको वताए ।


कार्यक्रममा सहकोषाध्यक्ष  प्रशन्न पौडेलले स्वागत मन्तव्य राखेका थिय भने भवन निर्माण समितिका अध्यक्ष  ज्ञान बहादुर क्षेत्री र सचिव भुवनप्रसाद दाहाल समेतले  मन्तव्य दिएका थिए ।  कार्यक्रमकाे सञ्चालन तल्लो बिरौटा टोल बिकास संस्थाका सचिव चेतनाथ चालिसेले संचालन गरेका थिए ।


साथै शनिवारनै संस्थाको तेश्रो अधिवेशनमा निर्वाचन कार्यक्रम गरी चेतनाथ चालिसेकाे अध्यक्षमा १५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष बसुन्धरा शर्मा पौडेल, सचिव  भुवनप्रसाद दाहाल, कोषाध्यक्ष  रजिशा थापा, सहसचिव  रिता शर्मा, सहकोषाध्यक्ष  एकनाथ ढकाल सदस्यहरुमा मञ्जु अर्याल,  इन्द्र बहादुर थापा,  शर्मिला भट्टराई,  नन्दप्रसाद वाग्ले,  महादेव पन्त,  विष्णुमाया पौडेल,  राजन के.सी दुर्गा पौडेल र  सुदिन तिमिल्सिना निर्विरोध निर्वाचित हुनु भएको  कास्की जिल्ला अदालतका शाखा अधिकृत  दामोदर आचार्य संयोजक, सदस्यहरु सुजन पौडेल र  मिन बहादुर गुरुङ भई गठित निवार्चन समितिले जानकारी दिएका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist