Latest
अर्को
Prev

कास्कीमा रास्वपा कार्यकर्ताको प्रदर्शन

सेयर गर्नुहोस

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् ।


रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन् । प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा जिल्ला तहका नेताले भाषण गरिरहेका छन् ।


र्यदर्शन लगायतका सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । लगत्तै लामिछानेलाई स्थलमार्गबाट यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो ।


लामिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist