Latest
अर्को
Prev

युट्युवमा ‘जारी’ फिल्म अपलोड भएको १५ घण्टामै मिलियन भ्यूज, ट्रेण्डिङ्गमा पहिलो नम्बरमा उक्लँदै (फिल्म सहित)

जारी फिल्म (दयाहाङ राई र मिरुना मगर)
सेयर गर्नुहोस

उपेन्द्र सुब्बा निर्देशिक ब्लकबस्टर फिल्म ‘जारी’ हलमा रिलिज भएको डेढ वर्षपछि युट्युवमा राखिएको छ । निर्माणपक्षले दशैँको उपहार भन्दै नि:शुल्क प्लेटफर्ममा अपलोड गरिदिएपछि दर्शकहरू फिल्म हेर्न उर्लिएका छन् ।


गत वर्ष वैशाख १ गते यो चलचित्र रिलिज भएको थियो । चलचित्र विकास बोर्डको रेकर्डअनुसार चलचित्रले १७ करोड १७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । २०८० सालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको थियो जारी ।


यो चलचित्रपछि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको बाटो अलग भयो । रामबाबुले ‘डिग्री माइला’ बनाए भने उपेन्द्रले मनसरा । दुवै चलचित्रले उल्लेख्य व्यापारिक सफलता पाउन सकेनन् ।


‘जारी’ को सफलताले सबैभन्दा ठूलो फाइदा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई भयो । यो जोडी अहिले नेपाली चलचित्रको सर्वाधिक हिट जोडी मानिएको छ । यद्यपि, उनीहरुले सँगै अभिनय गरेका अन्य चलचित्रले जारीको सफलता दोहोर्‍याउन भने सकेका छैनन् ।


‘जारी’ अहिले बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट हिजो साँझ ५ बजे युट्युवमा अपलोड गरिएको हो । यो समाचार लेख्दासम्म चलचित्रले १० लाख ६२ हजार भ्यूज प्राप्त गरिसकेको छ । करिब ४ हजारले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रियाहरुमा मौलिक चलचित्र भन्दै तारिफ गरिएको छ । धेरैले नेपाली चलचित्र यस्तै हुनुपर्ने धारणा दिएका छन् ।


जारी युट्यूवको नेपाल ट्रेन्डिङमा पनि चढिसकेको छ । अहिले ७ नम्बरमा रहेको चलचित्र चाँडै एक नम्बरसम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।


हेर्नुहोस् पुरै फिल्मः





आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist