Latest
अर्को
Prev

छ महिनाको अन्तरालमा चार अजिङ्गरको उद्धार

सेयर गर्नुहोस

डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।


गत बिहीबार मात्रै व्यास नगरपालिका-१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएकोसो कार्यालयले जनाएको छ ।


दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए ।


उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ ।


केही अघि मात्रैव्यास-२ अमरापुरी,व्यास-१३ बेलबासलगायतका स्थानमा अजिङगर भेटिएको थियो ।


विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।


सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिङ्गरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist