Latest
अर्को
Prev

लमजुङ आउँदै गरेको गाडी दुर्घटना, चालकको मृत्यु

सेयर गर्नुहोस

काठमाडौंबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।


दुर्घटनामा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।


मृत्यु हुनेमा काठमाडौंकाे तारेकेश्वर नगरपालिकास्थित मनमैजुका ५८ उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।


उनका अुनसार खनाललाई विहान १० बजेर १० मिनेटमा त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो।


बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।


उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ आउँदै थियो । गाडीटोखा-छहरे सडक प्रयोग गरेर आउँदै गरेको गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।


यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist