Latest
अर्को
Prev

बाढीपहिरोबाट क्षतिग्रस्त पुल, सडक मर्मत गर्न २५ अर्ब सम्म लाग्ने अनुमान

झ्याप्ले खोला पहिरो
सेयर गर्नुहोस

मुलुकका विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु. २० अर्बदेखि २५ अर्ब लाग्ने अनुमान गरिएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाको स्थायी रूपमा सुधार्न त्यति बजेट आवश्यक भएको जनाएको छ। मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवं यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए।


‘विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवं जोखिम कम गर्न अत्यावश्यक काम बाहेक यात्रा नगर्न र गर्नैपरे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ’, उनले भने, ‘असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ गरेर यात्रुलाई सुरक्षित ढङ्गले प्राथमिकता दिई यात्रुलाई गन्तव्य स्थलमा पुर्‍याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ।’


प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालू गर्न मात्र रु. तीन अर्ब लाग्ने देखिएको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७७४ ठाउँको पहिरो हटाउने काम सकिएको बताए।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist