काठमाडौं उपत्यकासहित देशभर ११ र १२ असोजको अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर २५ जना बेपत्ता छन् भने एक सय ५८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।