Latest
अर्को
Prev

७६ जिल्लामा फैलियो डेंगु सङ्क्रमण,१२ हजार ६४४ जनामा पुष्टि

डेंगु / डेंगी
सेयर गर्नुहोस

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो।  


ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १२ हजार ६४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकाे छ भने छ जनाको मृत्यु भएको छ।  


ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबै भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ।  त्यसपछि तनहुँ, काठमाडौँ र पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ।  


दाहालका अनुसार कास्कीमा एक हजार ९०३, तनहुँमा एक हजार ६४५, काठमाडौँमा एक हजार ५४०, पर्वतमा एक हजार ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।  


त्यसैगरी, चितवनमा ७३३, गोरखामा ४५१ ,ललितपुरमा ३४७, बागलुङमा २८५, स्याङ्जामा २३४, कैलालीमा २१५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।  


प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ।  


गण्डकी प्रदेशमा पाँच हजार ९७१, बागमती प्रदेशमा तीन हजार ६०२, कोशी प्रदेशमा एक हजार १९३ जनामा डेंगु पुष्टि भएको छ।  यसैगरी, लुम्बिनी प्रदेशमा ८१९, कर्णाली प्रदेशमा १७३, मधेश प्रदेशमा २४५ र सुदूरपश्चिम प्रदेशमा ६३८ जनामा डेंगु पुष्टि भएको छ।  


अझै तीन सात डेंगुको जोखिम कायमै रहेकोले सचेत रहन डा. दाहालको आग्रह छ।  


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist