Latest
अर्को
Prev

चाडपर्वमा बढ्ने कालोबजारी नियन्त्रण गर्ने सरकारको निर्णय

सेयर गर्नुहोस

सरकारको केन्द्रीय अनुमगन तथा मूल्यांकन समितिको बैठकले चाडपर्वको सयममा हुने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्ने गरी प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।


शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले चार्डपर्वलाई लक्षित गरी बजार अनुगमन बढाउने निर्णय गरेको छ । बैठकमा मुख्यसचिव एकनारायण अर्यालले बजारमा हुनसक्ने कृत्रिम कालोबजारी, महँगी,  मिसावट नियन्त्रणमा गम्भीर हुन मातहतका सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।


उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरुले आपसमा समन्वय गरेर स्थानीय स्तरसम्म नै बजार अनुगमन गर्ने व्यवस्था मिलाउन समबद्ध मनत्रालयका सचिव र सहसचिवहरुलाई भनेका छन् ।


प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै सार्वजनिक सवारीको भाडादर लागु गराउन र दुर्घटना न्युनीकरण गर्न यातायात व्यवस्था विभाग र सडक विभागलाई समन्वयात्मक ढंगले काम गर्न पनि मुख्यसचिव अर्यालले निर्देशन दिएको उल्लेख गरेका छन् ।


बजारको ठगी र दुर्घटनाबट हुनसक्ने जनधनको क्षति न्युनीकरण गर्न आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न मुख्यसचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् । बैठकमा डेंगीको महाकारी नियन्त्रण गर्ने, चाडपर्व लक्षित प्रभावकारी सुरक्षा व्यवस्थापन गर्ने, अखाद्य वस्तुको बिक्री वितरण रोक्ने, यातायात व्यवस्थालाई सहज र सुरक्षित बनाउने लगायतका विषयमा छलफल भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist