पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ ।
यादवले बढुवा प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरु झुट्टा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आरोप-पत्र दायर गरिएको छ ।