नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा चार रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच–पाँच रुपैयाँ मूल्य घटाएको हो ।
अब बजारमा पेट्रोल प्रतिलिटर एक सय ५९ र डिजेल–मट्टीतेल प्रतिलिटर एक सय ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि पेट्रोलको मूल्य एक सय ६३ रुपैयाँ र डिजेल–मट्टीतेलको मूल्य एक सय ५४ रुपैयाँ कायम रहेको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर (३० भदौ)मा पेट्रोल र डिजेलको नयाँ खरिद मूल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको बैठकले नेपाली बजारमा पनि मूल्य घटाएको हो