Latest
अर्को
Prev

प्रचण्ड भन्छन् गणतन्त्रको मुलधार माओवादी नै हो

सेयर गर्नुहोस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको बताएका छन्।


बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।


उनले माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मूलधार ‘क्रिएट’ गरेको हो भन्ने कुरा राजनीतिक बहसको विषय रहेको बताए।


उनले भने ‘यहाँ अघि भनियो, माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भयो। यो विषय धेरै ठूलो गम्भीर महत्वको छ। हामी मूलधारमा आयौं की हामीले मूलधार ‘क्रिएट’ गर्‍यौं भन्ने विषय निकै ठूलो बहसको विषय हो। कुन मूलधार ? संवैधानिक राजतन्त्रवालालाई मूलधार भनेको हो की गणतन्त्रको मूलधार ? गणतन्त्रको मूलधार त माओवादीका कारणले नै जन्मिएको हो।”


उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलधार माओवादी भएको बताए। गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे।


माओवादीको गणतन्त्रात्मक मूलधारमा अन्य दल आएका हुन् की माओवादी संवैधानिक राजतन्त्रको मूलधारमा गएको हो भन्ने विवाद वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अहिले पनि रहेको उनको भनाइ थियो।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist