Latest
अर्को
Prev

भियतनामको उत्तरी क्षेत्रमा चक्रवात : ६५ जनाको मृत्यु , ३९ बेपत्ता

सेयर गर्नुहोस

भियतनाम २५ भदौ २०८१ मङ्गलवार । भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण आज ६५ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको त्यहाँको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।


चक्रवातसँगै आएको बाढी र पहिरोमा परी ७५२ जना घाइते भएको जनाइएको छ । मङ्गलवार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।


राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।  हनोईको ‘रेड रिभर’को बढ्दो जलस्तरले सोमवारदेखि शहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist