ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिएका थिए । मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम धनराज गुरुङ र ज्योति गुरुङमार्फत ज्योति भण्डारीले ठगी गरेको भन्दै उनले न्याय मागेका छन् ।
कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ भने ज्योति अहिले फरार छिन् ।
धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद भए तापनी यो मितेरी वचत तथा ऋण सहकारी संस्थाको अपचलनमा उनको नाम जोडिन आएको छ ।