पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ घाँसीकुवामा शुक्रबार बिहान गएकाे पहिराे छ ।
बिहीबार रातिदेखि परेकाे वर्षाका कारण शुक्रबार बिहान खसेको पहिराेले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएकाे छ ।
घाँसिकुवामा पहिलेकै स्थानमा मा पुन पहिरो खसेकोले बाटो अवरुद्ध रहेको हो ।
साथै बैकल्पिक बाटो समेत लगातार परिरहेको वर्षाकै कारण खोलाले पुल नाघेको हुँदा सो बाटो पनि अहिले अवरुद्ध रहेको छ ।
बाटो अबरुद्ध भए सगै झरीमा यात्रुहरू अलपत्रमा परेका छ्न् ।