पर्वतमा बिरामी बोकेको एम्बुलेन्स यात्रुबाहक बसमा ठोक्किएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र पोखरादेखि बागलुङ जाँदै गरेको बा ०६००१०३०९ नम्बरको यात्रुवाहक बस कुश्मा नगरपालिका- ४ अर्मादी मोडमा ठोकिँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
एम्बुलेन्समा रहेका ४ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
गम्भीर घाइते हुनेमा ४५ वर्षीय भगवती क्षेत्री छिन् । उनलाई उपचारका लागि पोखरामा पठाइएको डीएसपी भुसालले बताए । अन्य ३ जनाको अवस्था सामान्य रहेको पर्वतमै उपचार भैरहेको छ ।
बस, चालक र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको भुसालले बताए ।