नेकपa एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छन् ।
गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरिन् । महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भएकी थिइन्।
पोलिटब्यूरोमा समग्रमा विरोध खतिवडाले सबैभन्दा धेरै २०१ मत पाएका छन्।