अर्थमन्त्री विष्णु पौडेलले विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी नरोकिएको दाबी गरेका छन् । त्यस्तो आयोजनाको भुक्तानी नरोकिने समेत उनले बताए ।
संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले रुग्ण आयोजनाको पुनर्प्राथमिकीकरण गर्नुपर्ने बताए ।
बहुवर्षीय ठेक्कामा रुग्ण उद्योगको वर्षौंदेखि अलपत्र परोको आयोजनाहरू अहिले पनि रहेको उनले बताए ।
‘पर्याप्त स्रोतको अभावमा लामो समयसम्म कार्यान्वयन हुन नसकेको र समिति स्रोत वयस्था गर्दै वर्षौंसम्म कार्यानवयन गर्न नसकिने योजनाको चाङ छ,’ अर्थमन्त्री पौडेलले भने, ‘बहुवर्षीय योजनाको पुनर्वर्गीकरण गरेर आवश्यक वा होइन विश्लेषण गरी कसलाई स्रोत सुनिश्चितता गर्ने कसलाई स्थगित गर्नुपर्छ भनेर सोच्ने बेलामा आएको छ ।’